नागरिकता विधेयक कार्यान्वयनमा जाने
ठमाडौं । नागरिकता विधेयकमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । यो सँगै नागरिकता विधेयक कार्यान्वयनमा जाने भएको छ ।
सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले नागरिकता विधेयकविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते प्रमाणीकरण गरेको उक्त विधेयकविरुद्ध वरिष्ठ अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले सर्वोच्चमा रिट दर्ता गरेका थिए ।
नागरिकता विधेयक संविधानको भावना र मर्म विपरीत भएको भन्दै रिट दायर भएको थियो ।







