हेटौँडामा ट्रीपरको ठक्करबाट एक युवाको मृत्यु

निरन्तर न्यूज
१० असार २०८०, आईतवार १०:४२

हेटौंडा । मकवानपुरको हेटौंडा–२ चौकीटोलमा टिपरले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

गएराति भैँसेबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००२प ६४४ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आएको बागमती प्रदेश०३–००१ख ८५१ नम्बरको टिपरले ठक्कर दिँदा स्कुटरमा पछाडी सवार हेटौंडा–१ जरुवाटोल बस्ने २५ वर्षीय अमित कपाडीको मृत्यु भएको हो ।

टिपरको ठक्करबाट घाइते भएका कपाडीको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार स्कुटरका चालक सामान्य घाइते भई हेटौंडा अस्पताल उपचारपश्चात घर फर्किसकेका छन् । प्रहरीले ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*