चट्याङमा परी मृत्यु

निरन्तर न्यूज
२९ बैशाख २०७६, आईतवार २३:३८

नुवाकोट । नुवाकोटको म्यागङ्ग गाउँपालिका–४ मा शनिबार राति परेको चट्याङबाट एक जनाको मृत्यु भएको छ ।

चट्याङमा परी ६८ वर्षीय निङ तामाङको घरभित्रै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

चट्याङ लागेर चाैपाया र घरमा सामान्य आगलागी भएको प्रहरीले जनाएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*