कृषिलाई सहकार्य, सहकारी, सामूहिक प्रणालीबाट अघि बढाउनु पर्छ : अध्यक्ष ओली

निरन्तर न्यूज
१५ असार २०८०, शुक्रबार ११:०१

चितवन  । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कृषिलाई सहकार्य, सहकारी र सामूहिक प्रणालीबाट व्यापकरूपमा अघि बढाउनुपर्ने बताउनुभएको छ । धान दिवसका अवसरमा आज भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कुनै पनि उत्पादन ठूलो मात्रामा गर्नुपर्ने उल्लेख गर्नुभयो । अध्यक्ष ओलीले भन्नुभयो, “अहिले परिवार सानो हुने, भएकाहरू पनि विदेश पलायन हुने र कृषि पेसातर्फ आकर्षण कम हुने गरेको छ । सहकार्य र सहकारी आवश्यक छ ।”

खाद्यान्न उत्पादनमा आत्मनिर्भर बन्न सकेमा कसैको परनिर्भर हुन नपर्ने उल्लेख गर्दै उहाँले नेपाल कृषिप्रधान देश भएकाले नै नाकाबन्दीले गलाउन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “पाँच महिनाको नाकाबन्दीमा पनि नेपाल टिकिरहनुको कारण कृषि उत्पादन नै हो । हामी प्रायः बाहिरबाट सबै चिज ल्याउँछौँ, तर हामीलाई खान पुग्ने अन्न, सब्जी, माछा, मासु र दूध यही उत्पादन हुन्छ । त्यसो हुनाले नाकाबन्दीले पनि हामीलाई गलाउन सकेन ।”

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*