मकवानपुरकाे मनहरी गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ को वजेट पारित

निरन्तर न्यूज
२३ असार २०८०, शनिबार १३:४८

मनहरी गाउँपालिकाले आर्थिक वर्ष २०८०/ ८१ को वजेट पारित गरेको छ ।

शुक्रबार गाउँपालिकाको सभाहलमा १३ औँ अधिवेशन अन्तर्गतको दोस्रो वैठकले वजेट पारित गरेको हो । उपाध्यक्ष सीता पुलामी मगरले प्रस्तुत गर्नुभएको कुल ९० करोड २१ लाख ७१ हजार ८ सय ७३ रुपयाँ ६६ पैसाको वजेट सभाले पारित गरेको हो ।

गाँउपालीकाले सुशासन,संस्थागत विकास तर्फ रु १४ करोड २९ लाग १२ हजार ८७३,आर्थिक विकास तर्फ ४ करोड ३० लाख,सामाजिक विकास तर्फ ३० करोड २३ लाख ५९ हजार,पूर्वाधार विकास तर्फ ३२ करोड ६४ लाख,वन, वातावरण तथा विपद् व्यवस्थापन तर्फ १ करोड २५ लाख, वडा गत बजेट तर्फ ७ करोड ५० लाख रहेको छ । कार्यक्रममा गाँउपालीका अध्यक्ष रंजन कालाखेती,वडाका अध्यक्षहरु,वडासदस्यहरु लगाएत गाँउपालीकाका बिभिन्न राजनैतिक दलका नेताहरुको सहभागीता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*