मकवानपुरकाे मनहरीका १९ प्रधानाध्यापकले दिए सामुहिक राजीनामा

निरन्तर न्यूज
३० असार २०८०, शनिबार १४:२२

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकास्थित विभिन्न १९ विद्यालयका प्रध्यानाध्यापकहरुले सामूहिक राजीनामा दिएका छन्।

गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले मानसिक दबाब दिएको भन्दै उनीहरूले सामूहिक राजीनामा दिएका हुन् ।

राजीनामा दिनेमा आधारभूत विद्यालयका १८ र माध्यमिक विद्यालयका एक जना प्रध्यानाध्यापक छन् । अध्यक्ष कालाखेतीले शिक्षाको गुणस्तर सुधार्ने निहुँमा लामो समयदेखि दबाब दिएको उनीहरूको आरोप छ ।

यता गाउँपालिकाका अध्यक्ष कालाखेतीले भने गाउँपालिकाले गरेको सरुवाको निर्णयमा धेरै प्रधानाध्यापक सहमत भैसकेको र केहीले अनावश्यक बखेडा झिक्न खोजेको बताएका छन् । ‘अहिले सार्वजनिक गरिएको राजीनामा करिब १० दिन अगाडीको हो । हामी गाउँपालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार अभियानमा छौं’, उनले भने, ‘सरुवाको विषय वहाँहरुले नबुझेकोले हो । प्रधानाध्यापकहरुलाई सकेसम्म आपसी समझदारीमा सरुवा हुनुहोस् भनेका हौं, वहाँहरुले नमानेपछि हामीले सरुवा गर्न लागेका हौं ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*