मोटरसाइकल दुर्घटना हुँदा हेटाैँडाका एक जनाको मृत्यु

निरन्तर न्यूज
२ श्रावण २०८०, मंगलवार १२:२५

हेटौंडा । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नं.२३ चुरियामाई नजिकै मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नं.१५ बस्ने अन्दाजी ३५ बर्षीय शंकर तामाङ रहेका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडाबाट वीरगञ्जतर्फ जाँदै गरेको प्र.२–०३–०१२प ८८५० नम्बरको मोटरसाइकल सोमबार साँझा ४ बजे आफै अनियन्त्रित भएर दुर्घटना हुँदा तामाङ गम्भीर घाइते भएका थिए ।

उनको हेटौंडास्थित सहकारी अस्पतालमा उपचारको क्रममा साँझ ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*