विमानस्थल भन्सार कार्यालयका दुईजना कर्मचारी निलम्बित

निरन्तर न्यूज
५ श्रावण २०८०, शुक्रबार १३:१८

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सारबाट सुनबारे छानबिन गर्न भन्सार विभागले विमानस्थल भन्सार कार्यालयका दुईजना कर्मचारीलाई निलम्बन गरेको छ ।

निलम्बन हुनेमा भन्सारका जाँच पास अधिकृत सन्ताेष चन्द र जाँचकी कुमार ढकाल रहेका छन् । अनुसन्धानका क्रममा उनीहरूलाई निलम्बन गरिएको भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले जानकारी दिए ।

सुन तस्करी गरेको आरोपमा राजस्व अनुसन्धान विभागले चिनियाँ नागरिक जी क्वाङ लिनसहित १० जनालाई पक्राउ गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*