मकवानपुर प्रहरी प्रमुखकाे जिम्मेवारी सम्हाल्न रिजाल आउँदै

निरन्तर न्यूज
९ श्रावण २०८०, मंगलवार २२:०५

हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरको इन्चार्जमा प्रहरी उपरीक्षक सिताराम रिजाललाई खटाइएको छ । प्रहरी प्रधान कार्यालयले उनलाई सोमबार मकवानपुरमा काज सरुवा गर्ने निर्णय गरेको हो ।

मकवानपुरमा कार्यरत एसपी बामदेव गौतम अनिवार्य अवकाशमा गएका छन् । उमेर हदका कारण गौतमले अवकाश पाएसँगै रिजाललाई मकवानपुरमा पठाइएको प्रहरी प्रधान कार्यालयका एक जना अधिकृतले जानकारी दिए । प्रहरी उपरीक्षक सिताराम रिजाल जिल्ला प्रहरी परिसर काठमाडौँमा कार्यरत थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*