‘क्विन्टल सुन’ भित्र्याउने कम्पनीका मालिक भनिएका दिलीप भुजेलको घर

निरन्तर न्यूज
११ श्रावण २०८०, बिहीबार ०८:४३

दोलखा । दोलखाको मेलुङ गाउँपालिका– १ पवटीको सिम्टेसम्म कच्ची बाटोको यात्रा गरेर आधा घन्टा उकालो पैदल लागेपछि आउँछ– बिसौना टोल ।

त्यहाँ जस्ताले छाएको डेढतले घर छ, जुन ०७२ को भूकम्पपछि सरकारी अनुदानसहित लागतमा बनेको हो ।

यो घर हो, अहिले चर्चामा रहेको एक क्विन्टल सुन भित्र्याउने कम्पनी रेडी ट्रेडका मालिक भनिएका २१ वर्षीय दिलीप भुजेलको । गाउँमा परिवारको हातमुख जोर्न गाह्रो भएपछि उनी ६ महिनाअघि मजदुरी गर्न काठमाडौं गएका थिए । उनका बुबा रामबहादुर अहिले पनि काठमाडौंमै ज्यामी काम गर्छन् ।

राजस्व अनुसन्धान विभागले गत ३ साउनमा हङकङबाट ल्याइएको झन्डै सय किलो सुन बरामद गर्दा भुजेल रेडी ट्रेडका मालिक भएको खुल्यो र उनी पक्राउ परे । गाउँमै रहेका आमा कल्पना र पत्नी प्रमिला यो घटनाले स्तब्ध बनेका छन् ।

‘मजदुरी गर्न हिँडेको छोरो सुनकाण्डमा जेल पर्‍यो, भेट्न जान बाटोखर्च पनि छैन,’ आमा कल्पनाले रुँदै भनिन् । पक्राउ पर्नुअघिसम्म पनि छोरो साँखुस्थित एक चाउमिन बनाउने सानो उद्योगमा काम गर्ने गरेको उनले बताइन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*