मुग्लिन-नारायणगढ सडकखण्ड पुनः अवरुद्ध
काठमाडौं । पहिरो खसेपछि चितवनको मुग्लिन नारायणगढ सडकखण्ड पुनः अवरुद्ध भएको छ ।
बिहान ७ बजे इच्छाकामना गाउँपालिका-७ को कालिखोला नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितका अनुसार सुख्खा पहिरो आएर सडक दुईतर्फी बन्द भएको छ ।
बर्खा लागेपछि यो सडक पहिरोले पटकपटक अवरुद्ध हुँदै आएको छ । गए राति पनि पहिरोले सडक अवरुद्ध भएको थियो । बिहान केही समय सञ्चालन भए पनि पुनः अवरुद्ध भएको छ । पहिरोका कारण यो सडक खण्ड बारम्बार अवरुद्ध हुने गरेको छ ।







