विशेष अदालतले अख्तियारका पूर्वआयुक्त राजनारायणसँग ७८ लाख धरौटी माग्यो
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै कर्मचारी पुर्व आयुक्तविरुद्ध हालेको पहिलो मुद्दामा पूर्वआयुक्त राजनारायण पाठकसँग विशेष अदालत काठमाडौंले ७८ लाख रुपैया धरौटी माग गरिएको छ ।
नेपाल इन्जिनियरिङ कलेजको विवाद समाधान गरिदिन्छु भन्दै ७८ लाख घुस लिएको आरोप पाठकमाथि लागेको थियो । यस घटनासँग सम्बन्धित अडियो, भिडियोहरु सार्वजनिक भएपछि पाठकले राजीनामा दिएका थिए ।
मंगलबार सुटुक्क विशेष अदालत पुगेका पाठकको बयान लिएर मंगलबार नै थुनछेक बहस भएको थियो । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, द्वारिकामान जोशी तथा प्रमोदकुमार श्रेष्ठको इजलासले पाठकका वकिलले धरौटीमा रिहा गर्न माग गरेकाले पाठकलाई धरौटीमा छोड्ने फैसला गरेका हुन् । पाठक धरौटी बुझाएर छुटेका छन ।










