सर्पको टोकाईबाट मकवानपुरकि एक बालिकाको मृत्यु

निरन्तर न्यूज
१९ श्रावण २०८०, शुक्रबार १८:३३

हेटौंडा । मकवानपुरमा सर्पको टोकाईबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बकैंया गाउँपालिका वडा नं.७ अधेरी बस्ने १२ बर्षीया करिष्मा लो रहेकी छन् ।

बागमती प्रदेश प्रहरीका अनुसार बुधबार आफ्नै घरमा बसिरहेको अवस्थामा करिष्मालाई सर्पले टोकेको थियो । परिवारले उनको उपचारका लागि हेटौंडा अस्पताल ल्याईएकोमा उपचरकै क्रममा बुधबार दिउँसो पौने ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*