अवरुद्ध कान्तिलोकपथ र भिमफेदी- भैसे सडकखण्ड खुल्यो

निरन्तर न्यूज
२३ श्रावण २०८०, मंगलवार १५:२३

हेटौंडा । सोमवार रातिको अविरल वर्षा सँगै खसेको पहिरोका कारण अवरुद्ध बनेको कान्तिलोकपथ संचालनमा आएको छ।कान्तिलोकपथ अन्तर्गत बकैया -११ लाम्राङमा पहिरो खसेको थियो।

सडक डिभिजनको दुई वटा डोजर प्रयोग गरेर सडक खलाइएको मकवानपुर प्रहरीले जनाएको हो । पहिरो कारण रोकिएका सवारी गन्तव्यमा गुडन थालेको प्रहरीले जनाएको छ । यता भिमफेदी-भैसे सडक खण्ड पनि संचालनमा आएको छ । सडक खण्डको भिमफेदी-२ मा पहिरो खसेको थियो। फाखेल भएर काठमाण्डाैँ जाने सडक सुचारु रहेकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*