आज केही क्षेत्रमा भारी वर्षाकाे सम्भावना छ : माैसम विभाग

निरन्तर न्यूज
२६ श्रावण २०८०, शुक्रबार ०७:५०

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालनजिक रहेकोले आज देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा र राति कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना छ।

त्यस्तै दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा कोशी, मधेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना पनि छ। रातिपनि मुलुकका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले हाल देशभर आंशिक देखी सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक/दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*