प्रशासनले प्रेस स्वतन्त्रताको विरुद्धकाे सूचना निकालेकाे विराेधमा पत्रकाहरुकाे प्रदर्शन

निरन्तर न्यूज
२६ श्रावण २०८०, शुक्रबार ०८:३७

सप्तरी । सप्तरीका पत्रकारहरूले राजविराजमा विरोध प्रदर्शन गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय सप्तरीले बुधबार सूचना जारी गर्दै बिनाअनुमति कार्यालयको फोटो रभिडियो नखिच्न भनेपछि पत्रकारहरुले बिहीबार विरोध प्रदर्शन गरेका हुन् ।

सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी लेवन काश्यप अधिकारीले बिनाअनुमति जिल्ला प्रशासन कार्यालय परिसरको फोटो भिडियो खिचेर समाजिक सञ्जाल, अनलाइन तथा पत्रपत्रिकामा राख्न नपाइने सूचना जारी गरेका थिए।

यसको विरोधमा नेपाल पत्रकार महासंघ सप्तरीले प्रशासन अगाडि एक घण्टा धर्ना समेत दिएको छ ।

महासंघका अध्यक्ष श्रवणकुमार देवले जिल्ला प्रसासन कार्यालयको पछिल्लो सूचना संविधानप्रदत पूर्ण प्रेस स्वतन्त्रताको विरुद्ध भएको र जिल्लामा असुरक्षा उत्पन्न भएको हुँदा शुक्रबारदेखि थप कडा आन्दोलन गर्ने जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*