मकवानपुरका वनरक्षक यादविन्द्र सम्मानित

निरन्तर न्यूज
२६ श्रावण २०८०, शुक्रबार ०९:२०

हेटाैँडा । नगद एक लाख रुपैयाँ राशीको गणेशबहादुर शाही संरक्षण राष्ट्रिय पुरस्कारबाट मकवानपुरका वनरक्षक यादविन्द्र पौड्याल सम्मानित भएका छन् ।

लामो समयदेखि वनको संरक्षण, सम्वर्द्धन, दीगो उपयोग, वातावरण सन्तुलन तथा जैविक विविधता संरक्षणमा पुर्‍याएको योगदानको कदरस्वरुप उनलाई सम्मानित गरिएको हो ।

डिभिजन वन कार्यालय मकवानपुरमा सशस्त्र वनरक्षकको रुपमा कार्यरत पौड्याललाई वन तथा भू–संरक्षण विभागले आयोजना गरेको कार्यक्रममा बिहीबार संघीय सरकारको वन तथा वातावरण मन्त्री डा. बीरेन्द्रप्रसाद महतोले फुरस्कार हस्तान्तरण गरेका थिए ।

सामुदायिक वन दिवसको अवसरमा आयोजित कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका आयोजनामा कार्यत्रम भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*