मकवानपुरमा करेन्ट लागेर एकजनाकाे मृत्यु

निरन्तर न्यूज
२८ श्रावण २०८०, आईतवार १८:०७

हेटाैँडा । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ श्रीपुरमा करेन्ट लागेर आइतबार बिहान एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ५२ वर्षीय विरबहादुर परियार रहेको बागमती प्रदेश प्रहरी कार्यलय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार, परियारलाई आफ्नै घरमा फ्यान जोडने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर भएका उनलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएका हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*