पोखराबाट स्कुल ड्रेसमै हराएका ३ मध्ये दुई जना बालिका काठमाडौंमा भेटिए

निरन्तर न्यूज
३१ श्रावण २०८०, बुधबार ०९:५८

काठमाडौं। पोखराबाट स्कुल ड्रेसमै हराएका ३ बालिकामध्ये २ जना काठमाडौंमा भेटिएका छन् ।

गत साउन १९ गतेदेखि सम्पर्क विहीन भएका ३ जनामध्ये २ जना बालिका काठमाडौंमा रहेको र उनिहरुले परिवारलाई सम्पर्क गरेको प्रहरीले जनाएको छ ।

हराइरहका मध्ये पोखरा महानगरपालिका वडा नम्बर २ बिन्ध्यावासिनी बस्ने १४ वर्षीया मनिका परियार र १४ वर्षीया राधिका परियार काठमाडौंबाट सम्पर्कमा आएको परिवारले जनाएको छ ।

मोबाइल लोकेसनका आधारमा उनीहरू काठमाडौंमा भेटिएका हुन् । १३ वर्षीया एलिसा परियार भने अझै सम्पर्कविहीन छिन् । गत साउन १९ गते विद्यालय जान्छु भनेर हिँडेका ३ बालिका परिवारको सम्पर्कमा थिएनन् । एलिसाको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*