सशस्त्र प्रहरी उपरीक्षकको मृत्यु

निरन्तर न्यूज
३ भाद्र २०८०, आईतवार ०७:१७

पर्सा । पर्सामा कार्यरत सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका प्रमुख प्रहरी उपरीक्षक ४४ वर्षीय सुमन थपलियाको शनिबार निधन भएको हो ।

उनको हृदयाघातका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । वीरगन्जस्थित बयोधा मेडिसिटी अस्पतालमा उपचारका क्रममा शनिबार दिउँसो करिब १ बजे उनको निधन भएको सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले जानकारी दिए ।

शनिबार बिहान करिब ११ बजे गण परिसरमा थपलिया अचानक अचेत भएर लडेका थिए । लगत्तै उनलाई उपचारका लागि बयोधा मेडिसिटी अस्पतालमा लगिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*