मकवानपुरको मनहरीका प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठको पद अधिकृत, तलब उपसचिबको लिदै

निरन्तर न्यूज
३ भाद्र २०८०, आईतवार ०७:५४

हेटौंडा । पस्चिम मकवानपुरको मनहरी गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकिय अधिकृत मोहनकुमार श्रेष्ठ शाखा अधिकृत पदका भएपनि उपसचिब स्तरको तलब भुक्तानी लिदै आएको रहस्य खुलेको छ ।

प्रमुख प्रशासकिय अधिकृत श्रेष्ठ संघीय सरकारको शाखा अधिकृतका रुपमा कार्यरत छन् । संघीय सरकारको कर्मचारी भएकै कारण उनी स्थानीय तहको प्रमुख प्रशासकिय अधिकृत भएका हुन् । उनको शाखा अधिकृतको तलब र ७ ग्रेड सहित मासिक रुपमा ४६,८५९ रुपैयाँ लिनुपर्नेमा श्रेष्ठले उपसचिब स्तरको तलब र ग्रेड समेत गरेर मासिक ५२,२७१ रुपैयाँ भुक्तानी लिने गरेको महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक वर्ष २०७८–०७९ को सार्बजनिक भइसकेको वार्षिक प्रतिवेदनमा उल्लेख भएअनुसार हरेक महिना प्रमुख प्रशासकिय अधिकृत श्रेष्ठ शाखा अधिकृत भएपनि उपसचिब स्तरको तलब भुक्तानी लिने गरेका हुन् ।

आफै हाकीम, आफै चेकमा शही गर्ने हुँदा उनलाई सरकारले तोकेको भन्दा बढी रकम लिनका लागि पनि सजिलो भएको हो । मनहरी गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतका रुपमा आएदेखि अहिले सम्म उनले उपसचिब स्तरको तलब बुझ्दै आएका छन् । उनले लिएको तलबमा प्रश्न गर्ने कार्यपालिका र जनप्रतिनिधिहरु हुन् तर, उनीहरुलेनै श्रेष्ठका लागि नमिल्ने निर्णय गरेर सरकारले तोकिए भन्दा धेरै माथिल्लो तहको तलब बुझ्दै आएका हुन् ।

श्रेष्ठले संघीय सरकारले तोकिएको मापदण्डमा रहेर तलब लिनका लागि पनि महालेखा परिक्षकको कार्यालयले सुझाब दिएको छ । आफ्नै हात जगन्नाथ भनेझै आफै कार्यपालिकामा नमिल्ने निर्णय गराउने, आफै निर्णय लेख्ने, आफै निर्णय प्रमाणित गर्ने, आफै चेकमा सहि गर्ने र आफै अधिकृत भएपनि उपसचिब स्तरको तलब बुझ्दै आएका हुन् ।

यती मात्र होइन । प्रमुख प्रशासकिय अधिकृत श्रेष्ठले गाउँपालिकामा बिहान १० बजे देखि साँझ ५ बजे सम्म भन्दा बाहेकको समयमा पनि अतिरिक्त काम गरेको भनेर आफुले लिदै आएको तलबमा ४५ प्रतिशत रकम थप गरेर बुझ्दै आएका छन् ।

उनले बितेको असार महिनामा अतिरिक्त समयमा काम गरेपनि अरु समयमा कुनैपनि दिनमा अरिरिक्त समयमा काम नगरेको स्थानीय प्रतक्षदर्शीहरु बताउँछन् । तर, मनहरी गाउँपालिकामा हाजिर भएदेखि अहिले सम्म उनले आफ्ले बुझ्दै आएको तलबमा हरेक महिना ४५ प्रतिशत गाउँपालिकाको श्रोतबाट थप गरेर रकम बुझ्दै आएका छन् ।

मनहरी गाउँपालिकाको ओएनएम सर्बे गरेर कार्यपालिकाबाट निर्णय गरिएको र संघीय सरकारले गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत आठौं तहको हुने भनेर निर्णय गरे अनुसार आफुले आठौं तहको तलब लिएको श्रेष्ठले जनपत्रलाई बताए । तर, संघीय सरकार अन्तरगतका कर्मचारीहरुलाई तहगत रुपमा छुट्याइएको छैन । संघीय सरकारको नियममा खरिदार, नायब सुब्बा, शाखा अधिकृत, उपसचिब, सहसचिब, सचिब र मुख्य सचिब भनेर तह राखिएको छ । प्रदेश र स्थानीय तहका कर्मचारीहरुको मात्र तहगत रुपमा रहेको पाइएको छ । मनहरी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा आएदेखिनै यसैगरी अहिले सम्म तलब लिदै आएको उनले स्वीकार गरे ।

अधिकृत भएर उपसचिब स्तरको तलब भुक्तानी लिने गरेको अहिले सम्म आफुलाई जानकारी नभएको मनहरी गाउँपालिकाका अध्यक्ष रंजन कालाखेतीले जनपत्रलाई बताए । सरकारले तोकिए भन्दा बडी तलब लिएको पाइएमा आफुले फिर्ता गराउने बताउँदै उनले भने–‘म यस्तो कुरा पहिलो पटक सुन्दै छु । अब थाहा पाएँ तोकिएभन्दा धेरै तलब भक्ता लिएको पाइएमा फिर्ता गराउँछु ।’

गाउँपालिकाले प्रमुख प्रशासकिय अधिकृत श्रेष्ठका लागि अतिरिक्त समयमा काम गरेको भनेर हरेक महिना तलबको ४५ प्रतिशत थप गर्नेगरी कार्यपालिकाले निर्णय गरेको अध्यक्ष कालाखेतीले बताए । अबका दिनहरुमा कती घण्टा तोकिएको भन्दा धेरै समयमा काम गरेको हो त्यसै अनुसार मात्र तलबमा रकम थप गरिने उनले बताए । जनपत्रबाट साभार ।

अधिकृत भएर उपसचिब स्तरको तलब लिएको विषयमा महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन यस्तो छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*