अंग्रेजी माध्यमका विद्यार्थीहरु बीच निर्वाचन

निरन्तर न्यूज
३ जेष्ठ २०७६, शुक्रबार २१:३३

हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा क्याप्टेन तथा अन्तर कक्षा व्यवस्थापनका लागी निर्वाचन गरिएको छ ।

विद्यालयको स्टुडेन्ट काउन्सिलका सभापति र उपसाभापति तथा कक्षागत व्यवस्थापनका लागी मोनिटरको निर्वाचन सम्पन्न गरेको हो ।
शुक्रबार भएको निर्वाचन प्रकृयाबाट विद्यालयको स्टुडेन्ट काउन्सिलका सभापतिमा कक्षा १० मा अध्यनरत अमर बहादुर शाह निर्वाचीत भएका छन् ।

यस्तै उपसभापतिमा कक्षा नौ का श्रीपल लम्साल निर्वा्चित भएका छन् । निर्वाचनको सम्पूर्ण प्रकृया अपनाई निर्वाचन गरिएको कार्यक्रम निर्वाचन संयोजक संगीता कुमारी पुडासैनीले बताईन ।

मतदान हरेक नागरिकको हक र अनिवार्य दायीत्व भन्ने जानकारी दिन तथा समाजिक शिक्षामा निर्वाचन प्रकृयाका बारेमा प्रयोगात्मक परीक्षाको कार्यपत्रका लागि निर्वाचन गरिएका मतदान अधिकृत प्रकाश दुलालले बताए ।

निश्पक्ष निर्वाचन प्रकृयाबाट अन्तर कक्षा व्यवस्थापन साथै स्टुडेन्ट काउन्सिलका सभापति र उपसभापतिको चयनबाट विद्यार्थीहरुमा उत्साह बढेको र निर्वाचन प्रकृयाका बारेमा सिक्ने अवसर समेत प्राप्त गरेकव अंग्रेजी माध्यम तथा कार्यक्रम संयोजक गणेश प्रसाद हुमागाईले जानकारी दिए ।

निर्वाचन प्रकृयामा अंग्रेजी माध्यमका कक्षा ८ देखी १० सम्मका करिब १ सय ६० जना विद्यार्थीहरुले सहभागिता जनाएको संयोजक हुमागाईले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*