त्रिभुवन राजपथ संचालनमा
निरन्तर न्यूज
९ भाद्र २०८०, शनिबार ११:४३
हेटौंडा। बिगत दुई दिनदेखीको अविरल वर्षाका कारण पहिरो खस्दा अवरुद्ध बनेको त्रिभुवन राजपथ संचालनमा आएको छ ।
शनिवार बिहान राजपथ अन्तर्गत थाहा -१ कुन्छाल स्थित त्रिभुवन राजपथमा पहिरो खसेको थियो। उक्त स्थानमा खसेको पहिरो पन्छाएसँगै अवरुद्ध सड़क संचालनमा आएको ईलाका प्रहरी कार्यालय पालुङ्का प्रहरी निरीक्षक श्याम थापा मगरले जनाएको छ ।







