निषेधादेश जारी गरेपछि धरानको मुख्य बजार सुनसान

निरन्तर न्यूज
९ भाद्र २०८०, शनिबार २१:३७

धरान । जिल्ला प्रशासन कार्यालय सुनसरीले धरानमा २४ घण्टे निषेधादेश जारी गरेपछि धरानको मुख्य बजार सुनसान देखिएको छ ।

सुरक्षा निकायसँग समन्वय गरी बाहेक सामुहिकरुपमा गरिने सामाजिक, धार्मिक, राजनीतिक सभा, र्याली भेलाजम्मा प्रदर्शनलगायतका कुनै पनि कार्यक्रमहरु गर्न नपाइने प्रशासनले आदेश जारी गरेको छ ।

धरान उपमहानगरपालिका क्षेत्र धार्मिक, साम्प्रदायिक साथै जनस्वास्थ्य संकट तथा शान्ति सुरक्षाको संवेदनशीलतालाई मध्यनजर राखी संक्रामक रोग ऐन २०२० को दफा (२) तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम गए राति १२ बजेदेखि आज राति १२ बजेसम्म अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक सबै आयोजनाका लागि निषेधादेश जारी भएको छ । धरान प्रवेश गर्ने नाकाहरुमा कडाइ गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*