शिक्षा विधेयकविरुद्ध सिंहदरबार अगाडि प्रदर्शनमा उत्रिएका १६ जना पक्राउ

निरन्तर न्यूज
५ आश्विन २०८०, शुक्रबार १४:४०

काठमाडौं। विद्यालय शिक्षा विधेयकको विरोधमा सिंहदबार अगाडि प्रदर्शनमा उत्रिएका १६ जना पक्राउ गरेका छन् ।

महोन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका १६ जनालाई प्रहरीले पक्राउ गरेकाे हाे।

पक्राउ पर्नेमा अखिल क्रान्तिकारीका संयोजक मिलन राईसहित १६ जना रहेका छन् ।

शिक्षकहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै उनी विरोधमा उत्रिएका थिए । प्रहरीले उनीहरुलाई सिंहदरबार वृत्तमा लगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*