एकता टाेलविकासकाे २३ औँ साधारण भेला सम्पन्न
हेटाैँडा । एकता टाेलविकास संस्था हेटाैँडा २ काे २३ औँ साधारण भेला सम्पन्न भएकाे छ ।
साधारण सभामा संस्थाकी सचिव कल्याणी बस्नेतले वार्षिक प्रतिवेदन तथा काेषाध्यक्ष ताेत्र कुमारी बस्नेतले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
२ सय भन्दा बढि सदस्य संख्या रहेकाे एकता टाेलविकासले ज्येष्ठ नागरिक तुलसी राम सुवेदी र एक बृद्धालाई सम्मान गरेकाे छ । भेलामा साधारण सदस्यकाे तर्फबाट नर्मदा अधिकारी, इन्द्र सापकाेटा, ध्रुब पाैडेललगायतले आफ्नाे धारणा राखेका थिए ।
संस्थाकि अध्यक्ष अन्जु अधिकारीकाे सभाध्यक्षता एवम् हेटाैँडा उपमहानगरपालिका वार्ड २ का सदस्य सुरज बर्ताैलाकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा मनिषा घले, राजदेव बनीयाँ, चन्द्रवति पनेरु, मिना चालिसेलगायतकाे आतिथ्यता रहेकाे थियाे ।







