मकवानपुर जिल्ला खेलकुद विकास समिति भवनकाे तल्ला थप

निरन्तर न्यूज
२ कार्तिक २०८०, बिहीबार ०८:१५

हेटौँडा । हेटौँडा–४, हुप्रचौरस्थित मकवानपुर जिल्ला खेलकुद विकास समितिको नयाँ तल्ला थपिएको भवनको उद्घाटन गरिएको छ । बुधबार बिहान खेलकुद विकास समितिको कार्यालय परिसरमा दसैं, तिहार लगायतका पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गर्दै हेटौँडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाको प्रमुख आतिथ्यमा नवनिर्वाचित भवनको उद्घाटन गरिएको हो ।

हेटौँडा उपमहानगरपालिकाले उपलब्ध गराएको बजेटले खेलकुद विकास समितिले दोस्रो र तेस्रो तल्ला निर्माण गरेको हो । भवन उद्घाटन कार्यक्रममा मकवानपुर जिल्ला खेलकुद विकास समितिको पूर्व कार्यालय प्रमुख खुशराज दाहाललाई सम्मान पनि गरिएको छ । मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेश खड्कीको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान नगरप्रमुख हरिबहादुर महत, १ नम्बर वडा अध्यक्ष सविन न्यौपाने, २ नम्बर वडा अध्यक्ष विष्णुगोपाल महर्जन, ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देल, १० नम्बर वडा अध्यक्ष फुर्वा दोर्जे लामासहित विभिन्न खेलकुद संघका अध्यक्षहरु, प्रशिक्षक, खेलाडीको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*