प्रसाईको महाअभियान र युवा संघको प्रदर्शनको सुरक्षाबारे गृह मन्त्रालयमा छलफल

निरन्तर न्यूज
३ मंसिर २०८०, आईतवार १६:३०

काठमाडौ। काठमाडौं उपत्यकाको शान्ति सुरक्षाबारे छलफल गर्न गृह मन्त्रालयमा बैठक बसिरहेकाे छ। गृह मन्त्रालयका सचिव दिनेश भट्टराईको नेतृत्वमा मन्त्रालयमा छलफल भइरहेको छ ।

मङ्सिरमा ७ मा दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’ र युवा सङ्घले आयोजना गर्ने प्रदर्शनबारे छलफल भइरहेको बैठकमा सहभागी एकजना उच्च सुरक्षा अधिकारीले जानकारी दिए।

बैठकमा काठमाडौं उपत्यकामा कार्यरत प्रमुख जिल्ला अधिकारीहरू र सुरक्षा निकायका प्रमुखहरू सहभागी छन् । युवा सङ्घ र मेडिकल व्यवसायी प्रसाईँ समूहले माइतीघर मण्डलामा एकै दिन प्रदर्शन गर्ने घोषणा गरेसँगै सो क्षेत्रमा झडप हुनसक्ने आकलन गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*