मकवानपुर क्याम्पसलाई प्रदेशको बिश्वबिद्यालय बनाइने निर्णय
हेटौंडा । बागमती प्रदेश सरकारको मन्त्री परिषद बैठकले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ मा रहेको मकवानपुर बहुमुखी क्याम्पसलाई प्रदेशको सार्बजानिक बिश्वबिधालय बनाउने निर्णय गरिएको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले यस क्याम्पसलाई बिश्वबिद्यालय बनाउने निर्णय गरिएको प्रदेशका मुख्यमन्त्री शालिकराज जम्मकट्टेलले जनपत्रलाई जानकारी दिनुभयो । अबको केही दिन भित्रमानै आफुहरु र मकवानपुर क्याम्पस सञ्चालक समिति बिच बैठक बस्ने र काम पनि अगाडी बढाउने उहाँले बताउनुभयो ।
बिश्व बिद्यालय स्थापनाका लागि क्याम्पस सञ्चालक समितिसंग कुराकानी गरेर कार्यालय पनि स्थापना गर्ने चरणमा आफुहरु रहेको मुख्यमन्त्री जम्मकट्टेलले बताउनुभयो ।







