माछामार्ने क्रममा खोलामा डुबेर थिङको मृत्यु

निरन्तर न्यूज
२३ पुष २०८०, सोमबार १६:११

हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर–४ झुरझुरे वस्ने ३५ वर्षिय गोपाल थिङ खोलामा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको छ । स्थानीय बागमती खोलामा माछा मार्ने क्रममा मृत्यु भएको हो ।

खोालमा माछा मार्ने भनेर घरबाट निस्कि हिडेको र घरमा नफर्केको कारण आफन्तहरुले खोजतलास गर्दै जाने क्रममा आज बिहान बागमती खोलामा मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*