दुर्घटनामा हेटौंडा १३ का मुडभरीकाे निधन

निरन्तर न्यूज
३ जेष्ठ २०८१, बिहीबार १२:०७

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१३ का व्यावसायी तथा पूर्व सञ्चारकर्मी केशव प्रसाद मुडभरीको दूर्घटनामा गएराती मृत्यु भएको छ । मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर– ४ सादेपुल स्थित धरान–चतरा सडक खण्डमा ना ६६ प ९३०३ नम्बरको स्कुटी दुर्घटना हुँदा घाइते भएका मुडभरीको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।

बागमतीको भोर्लेनी बाट काभ्रेको ताल ढुङ्गा जाने भित्री सडक खण्डमा ना ७ त २२५९ नंबरको रड बोकेको ट्याक्टर रोकि राखेको अबस्थामा फेला पारेको र सोही ट्याक्टरमा लोड भएको रडमा स्कुटी ठोकीएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जनाकारी दिनुभयो । अहिले प्रहरीले उक्त ट्याक्टरलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय फापरवारीमा ल्याई राखिएको,चालक तत्काल फरार रहेकोले खोजतलास कार्य भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*