मकवानपुरमा कार दुर्घटनामा २ जनाको मृत्यु

निरन्तर न्यूज
५ जेष्ठ २०८१, शनिबार १६:४२

हेटौंडा । मकवानपुरमा कार दुर्घटनामा २ जनाको मृत्यु भएको छ । अर्का १ जना गम्भिर घाइते भएका छन् । कान्तिलोकपथ सडकखण्ड अन्तर्गत मकवानपुरको बकैंया गाउँपालिका वडा नंबर –१२ स्थित चौतारा भन्ने स्थानमा भएको कार दुर्घटनामा परेका तीन जना मध्य दुइ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा रौतहटको मौलापुर नगरपालिका–६ बस्ने १७ वर्षीय विबेक शाह र बकैया गाउँपालिका वडा नम्बर–१२ बस्ने ६५ वर्षीय प्रेमबहादुर ब्लोन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभो । दुर्घटनामा परी बाराको निजगढ नगरपालिका–६ बस्ने ३० वर्षीय सन्दिप शाह गम्भिर घाइते भएका छन् ।

भण्डारीका अनुसार इलाका प्रहरी कार्यालय ठिंगन सहितको टोली घटनास्थलबाट अचेत अवस्थमा तीन जनाको उद्धार गरिएको थियो । आज बिहान साँढे ७ बजेको समयमा ललितपुरबाट हेटौंडातर्फ आउदै गरेको ग ३ च ९४७५ नम्बरको टाटा कार आफै अनियन्त्रित भएर सडकबाट ५०० मिटर तल खसेर दुर्घटना भएको प्रवक्ता भण्डारीले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*