हेटौंडा खानेपानी व्यावस्थापन बोर्डको वार्षिकोत्सब सम्पन्न

निरन्तर न्यूज
८ जेष्ठ २०८१, मंगलवार १२:३९

हेटौंडा । हेटौंडा खानेपानी व्यावस्थापन बोर्डको ११ औं वार्षिकोत्सब भएको छ । कार्यक्रमको हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामाले बिरुवा रोपेर उद्घाटन् गर्नुभयो । खानेपानी बोर्ड आज ११ वर्ष पुगेको अवसरमा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा खानेपानी बोर्डका सदस्य इन्द्र प्रसाद नेपालले बोर्डमा आएपछी गरिएका कामको विवरण जानकारी गराउनु भएको थियो । खानेपानी व्यावस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश कुमार बानियाँ, हेटौंडा–२ का वडा अध्यक्ष बिष्णुगोपाल महर्जन लगायतकाको आतिथ्यता रहेको थियो । कार्यक्रममा बोर्डले बिभीन्न क्षेत्रका व्यक्तित्वहरुलाई आज सम्मान गरेको छ ।

हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको ११ औं वार्षिककोत्सवमा बोर्डबाट प्रदान गरिने सेवा प्रवाहलाई डिजिटलाइजेशन गर्नु हुने श्यामकल श्रेष्ठ, पाइन लाइन लिकेज र बोर्ड संग सम्बन्धित अन्य सूचना प्रदान तथा सारोकारवालाहरु बचि सौर्हादपूर्ण वातावरण तयार गर्न सहयोग गर्ने व्यक्तित्वहरु शिब बहादुर थापा, — भिमसेन पौडेल, राजु अधिकारीलाई सम्मान गरिएको छ ।

यसैगरी बोर्डबाट बितरण गरिने खानेपानीको अधिक उपभोग गर्ने तथा नियमित महशुल रकम भुक्तानी गर्ने उपभोक्ताहरु एभोकाडो अकिर्ड रिसोर्ट प्रालि, — पुष्पा घिमिरे, कृष्ण प्रसाद दंगाल, वलभद्र राना, भवनाथ लामिछाने सम्मानित भएका छन् ।

यसैगरी उत्कृष्ट कार्य सम्पादन गर्ने नगद सहित प्रशंसा पत्र प्राप्त गर्ने कर्मचारीहरु छन् । कार्यालय तर्फ अनिला सुबेदी, कनिष्ठ सहायक, मिटर रिडिङ्ग ईकाइ प्रमुखको भूमिकामा उत्कृष्ट किशोर राज न्यौपाने, विदुर खड्का, सानुकान्छा जिम्बा, कार्यालय सहयोगी, कृष्ण प्रसाद वाग्ले, मोहन दोङ्ग, गोकुल रिजाल, — दिपक चौलागाई, दुर्गा बहादुर थिङ्ग पुरस्कृत गरिएको छ ।

यसैगरी शाखा कार्यालय तर्फ उपोक्ता समितिबाट बोर्डमा हस्तान्तरण भई बोर्ड अन्तर्गत रही उत्कृष्ट कार्य गर्ने प्रोत्साहन स्वरुप नगद सहित प्रशंसा पत्र प्राप्त गर्ने कर्मचारीहरु केदार बहादुर थिङ्ग, गिता विश्वकर्मा, सानुकान्छा थिङ्ग, नुरेन्द्र राज ढकाल रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*