कोशी र बागमती प्रदेशमा मेघगर्जन सहितको वर्षा !

निरन्तर न्यूज
३ असार २०८१, आईतवार ०८:२८

काठमाडौं । कोशी प्रदेशका केही स्थानका साथै बागमती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव परेको छ ।

जसका कारण कोशी प्रदेशमा समान्य बदली भएको हो ।

मधेस र बागमती प्रदेश लगायत पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली भइ बाँकी भेगको मौसम सफा रहेको छ ।

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि समान्य बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्वबाट भित्रिएको मनसुन पश्चिम तर्फ सर्न नसक्दा मध्य र पश्चिम तराईमा केही दिन यता चर्को गर्मी छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २२ दशमलव ५ डिग्री मापन गरिएको छ भने अधिकतम तापक्रम ३५ दशमलव ३ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । पछिल्लो २४ घण्टामा कतै पनि उल्लेख्य वर्षा हुन सकेन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*