मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु

निरन्तर न्यूज
४ असार २०८१, सोमबार १३:२१

हेटौंडा । मकवानपुरमा चट्याङ लागेर आज बिहान एक जनाको मृत्यु भएको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर–२ थुम्की बस्ने ४५ वर्षिय बिर बहादुर प्रजाको चट्याङ लागेर मृत्यु भएको हो ।

आफ्नै घरमा सुतिरहेको अबस्थामा अचानक चट्याङ लाग्न गई घाईते भई उपचारको लागि हेटौडा अस्पताल ल्याईएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जनाकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*