आईजीपी परिवर्तन हुँदैन, याे हल्ला हो: प्रधानमन्त्री प्रचण्ड

निरन्तर न्यूज
४ असार २०८१, सोमबार १३:५१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले प्रहरी संगठन प्रमुख ९आईजीपी० परिवर्तन नहुने दाबी गरेका छन्।

सोमबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै उनले आईजीपी परिवर्तनबारे आएका समाचारहरू हल्ला मात्रै रहेको बताए।

‘अस्तिको दिनमात्रै तीनवटा आईजीपीलाई बोलाएर भनेको छु, अहिले केही परिवर्तन हुँदैन,’ प्रधानमन्त्री प्रचण्डले अघि भने, ‘तपाईंहरू ढुक्कसँग काम गर्नुस् भनेर भनिसकेको छु। त्यही स्पिडमा उहाँहरूले काम गर्नुभएको छ।’

उनले अहिले चलिरहेको हल्लालाई र्‍युमर मात्रै भने। ‘अहिले आईजीपी परिवर्तन हुँदैन, यो र्‍युमर मात्रै हो,’ उनले भने।

साथै, उनले अहिलेको सत्ता समीकरणमा कुनै परिवर्तन नहुने पनि दाबी गरे । तपाईंले उथलपुगल गर्ने बेला त भएको छैन निरु भन्ने सञ्चारकर्मीको जिज्ञासामा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘भा छैन। यो जान्छ, राम्रैसँग जान्छ। बाहिर कतिपय सन्दर्भमा मिडियामा आउने र्‍युमरहरूमा कुनै सत्यता छैन।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*