मदिराले मातेर लफडा गरेको भन्दै उड्न लागेको जहाजबाट फर्काइए राजेशपायल
काठमाडौं । दुबई जान लागेका गायक राजेशपायल राई जहाज चढिसकेपछि काठमाडौं विमानस्थलबाटै फर्काइएका छन् । सडकमा होहल्ला गरेको अभियोगमा केही महिनाअघि पक्राउ परेका गायक फेरि आज उड्न लागेको जहाजबाट फर्काइएका हुन् ।
उनी त्रिभुवन विमानस्थलबाट फ्लाई दुबईको जहाजमार्फत् आज बिहानको उडानमा दुबई जान लागेका थिए ।
उनी दुबईमा साङ्गीतिक कार्यक्रमका लागि जाँदै थिए । उनी विमानभित्र छिर्दा अत्यधिक मदिरा सेवन गरेका थिए । उनी विमानको सीटमा बसेर एयरलाइन्सका कर्मचारीसँग झगडा गरे ।
उनलाई सम्झाइएपनि हल्ला गर्न नछाडेको आरोप छ । लफडा गर्न नछाडेपछि प्रहरीको जिम्मा लगाइएको थियो ।
जहाज उनलाई नलिई अरू यात्रु लिएर उडिसकेको छ । गत चैत २२ गते उनको समूहले सडकमा होहल्ला गरेको थियो । त्यसपछि गायक राईसहित केहीलाई नियन्त्रणमा लिइएको थियो । पछि आफन्तको जिम्मा लगाएर छाडिएको थियो ।