पेट्रोलियम पदार्थको मूल्य बढ्यो

निरन्तर न्यूज
१८ असार २०८१, सोमबार १५:१८

हेटौंडा। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।

आइतबार राति १२ बजेबाट लागु हुनेगरी निगमले पेट्रोलमा २ रुपैयाँ र मट्टितेल र डिजेलमा ५ रुपैयाँ बढाएको हो।

भारतीय आयल निगमबाट मूल्य वृद्धि भएर आएकोले निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो।

निगमले खाना पकाउने ग्यासको मूल्यमा भने यथावत् रहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*