नयाँ सरकार बन्ने भएसँगै सेयर बजारमा उछाल, दोस्रो पटक सर्किट ब्रेक लागेर ४० मिनेटका लागि कारोबार बन्द

काठमाडौं । सेयर बजारमा मंगलबार उछाल देखिएको छ । नयाँ सरकार बन्ने र अर्थमा विष्णु पौडेल आउने अपेक्षासँगै सेयर बजार कारोबार सुरु भएदेखि नै उच्च अंकले बढेको हो ।
पहिलो सर्किट लागेर बजार खुलेको पहिलो मिनेटमा नै पुनः नेप्से ५ प्रतिशत बढेपछि दोस्रो सर्किट लागेर ४० मिनेटका लागि कारोबार बन्द भएको छ । मंगलबार बजार खुलेको दोस्रो मिनेटमा नै नेप्से सूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट लागेर २० मिनेटका लागि कारोबार बन्द भएको थियो ।