नेपाल तामाङ घेदुङको ४ गाउँपालिकामा भेला

निरन्तर न्यूज
१० जेष्ठ २०७६, शुक्रबार २२:४७

हेटौडा । नेपाल तामाङ् घेदुङको मकवानपुरमा बाँकी रहेको ४ वटा गाउँपालिकामा घेदुङको गाउँ भेला गराउने भएको छ ।

नेपाल तामाङ घेदुङ संघीय कार्यालयको सर्कुलर अनुसार प्रदेश तह र संघीय महाधिबेशनको तयारीको क्रममा स्थानीय तहको गाउँ, नगर र जिल्ला समन्वय समितिको अधिबेशन गर्न निर्देशन अनुसार भेला गर्न लागेको हो ।

शुक्रबार घेदुङको जिल्ला कमिटी मकवानपुरको सचिबालय बैठक अनुसार मकवानपुरको इन्द्रसरोबरमा १३ भीमफेदीमा १४ गते, १५ गते कैलाश र १६ भैँसेमा गाउँ भेला गराउने निर्णय गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*