जसपाका मन्त्रीले दिएको राजीनामा स्वीकृत

निरन्तर न्यूज
२५ असार २०८१, सोमबार १६:५७

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का मन्त्रीले दिएको राजीनामा ४ दिनपछि स्वीकृत भएको छ ।

अशोककुमार राई नेतृत्वको पार्टी जसपा का ३ मन्त्रीले दिएको राजीनामा ४ दिनपछि स्वीकृत भएको हो ।

प्रचण्ड सरकारमाथिको समर्थन फिर्ता लिँदै जसपाका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादव, वन तथा वातावरण मन्त्री नवलकिशोर साह र स्वास्थ्य राज्यमन्त्री हसीना खानले असार २१ गते साँझ दिएकाे राजीनामा स्वीकृत गरी ती मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैँले सम्हालेका हुन् ।

यसअघि नेकपा एमालेका ८ मन्त्रीहरुले दिएको राजीनामा स्वीकृत गर्दै ती मन्त्रालयको जिमेवारी पनि प्रधानमन्त्रीले नै सम्हालिरहेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*