करेन्ट लागेर मकवानपुरका एक युवाकाे ज्यान गयो

निरन्तर न्यूज
२७ असार २०८१, बुधबार ०८:२६

हेटौंडा। मकवानपुरको मकवानपुरगढी वडा नम्बर ८ इपाखहरेमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

ज्यान गुमाउनेमा स्थानीय ३७ वर्षीय दिक्पाल स्याङतान रहेको मकवानपुर प्रहरीले जनाएको छ । मंगलबार साँझ ईपाखहरे स्थीत राम बहादुर घिसिङको बारीमा स्थानीय ३७ को दिक्पाल स्याङ्तान बिजुलीको पोलमा करेन्ट लागि मृत्यु भएको छ भन्ने सूचनाको आधारमा प्रहरी घटनास्थल पुगेको थियो।

शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको र घटनाको अनुसन्धान भइरहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*