सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि बन्द भएको त्रिभुवन विमानस्थल पुनः सञ्चालनमा

निरन्तर न्यूज
९ श्रावण २०८१, बुधबार १३:५२

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएको छ ।

बुधबार बिहान ११ बजेर ११ मिनेटमा सौर्यको ९एन–एएमई जहाज दुर्घटनामा परेको थियो ।

त्यसपछि केही विमानहरू आकाशमै होल्ड भएका थिए । उद्धारको काम सकिएपछि अहिले सञ्चालन भइसकेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए ।

दुर्घटनामा १८ जनाको मृत्यु भएको पुष्टि नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको छ । एक क्याप्टेन घाइते छन् । उनको केएमसी अस्पतालमा उपचार जारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*