विमान दुर्घटनाका घाइते क्याप्टेनको स्वास्थ्य अवस्था बारे प्रधानमन्त्रीले लिए जानकारी

निरन्तर न्यूज
९ श्रावण २०८१, बुधबार २१:३६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्स दुर्घटनामा परी गम्भीर घाइते भएका क्याप्टेन मनिषरत्न शाक्यको स्वास्थ्यावस्थाबारे जानकारी लिएका छन् ।

प्रधानमन्त्री ओलीले बुधबार सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज पुगेर घाइते क्याप्टेनको स्वास्थ्यावस्थाबारेमा बारेमा जानकारी लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सो क्रममा प्रधानमन्त्री ओलीले उनको उपचारमा संलग्न चिकित्सक र परिवारजनसँग समेत कुराकानी गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*