अहिलेको अवस्थामा युवा मैत्री सरकार चाहिएको छ : सभामुख घिमिरे

निरन्तर न्यूज
१० श्रावण २०८१, बिहीबार १८:३३

हेटौंडा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले अहिलेको अवस्थामा युवा मैत्री सरकार चाहिएको बताए ।

बागमती प्रदेश युवा परिषद्को आयोजनामा सञ्चालन भएका बिभीन्न प्रकारका तालिममा सहभागि युवाहरुलाई आज हेटौंडामा एकै पटक प्रमाणपत्र वितरण कार्यक्रममा सभामुख घिमिरेले मुलुकमा युवा नीति आवस्यक रहेको बताए । सभामुख घिमिरेले सिप र क्षमता युक्त युवा उत्पादन गरेको देश समृद्ध बन्ने उनले बताए ।

कार्यक्रममा संघीय संसदका मुख्य सचेतक तथा मकवानपुर क्षेत्र नम्बर–२ का प्रतिनिधिसभाका सदस्य महेश कुमार बर्तौलाले स्वरोजगार बन्नका लागि यो सिपले काम गर्ने र युवाहरुलाई उत्पादनसंग जोड्नुपर्ने उनले बताए ।

गरिएको छ । बागमती प्रदेश युवा परिषद्को आयोजनामा सञ्चालन भएका बिभीन्न तालिममा सहभागि २ हजार जना युवाहरुलाई आज हेटौंडामा भेला पारेर प्रमाणपत्र वितरण गरिएको हो ।

कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशका निबर्तमान आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ लगायतकाले मन्तब्य व्यक्त गरेका थिए ।  प्रदेश युवा परिषद्का कार्यकारी अध्यक्ष सन्तोष चौलागाइको अध्यक्षतामा भएको युवा सिप वर्ष २०८१ अन्तरगत सञ्चालित निःशुल्क सिप विकास तालिमहरुको दिक्षान्त समारोह कार्यक्रममा मकवानपुर, चितवन र सिंधुली जिल्लामा युवा परिषद् मार्फत सिप सिकेका युवाहरुलाई प्रमाणपत्र वितरण गरिएको थियाे ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु