देशभर विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

निरन्तर न्यूज
२८ श्रावण २०८१, सोमबार ०८:३२

आज २५ औं अन्तर्राष्ट्रिय युवा दिवस । देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ भन्ने नाराका साथमा आज अन्तर्राष्ट्रिय युवा दिवस मनाउन लागिएको हो ।

यस अवसरमा युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा कार्यक्रम गर्दैछ ।

सन् १९९८ अगस्ट ८–१२ तारिखमा संयुक्त राष्ट्रसंघको समन्वयमा पोर्चुगलको लिसवनमा १४० देशका युवा मामिला हेर्ने मन्त्रीहरूको सहभागितामा विश्व सम्मेलन भएको थियो । सम्मेलनले आआफ्ना देशमा राष्ट्रिय युवा नीति तर्जुमा गर्ने साझा प्रतिवद्धता सहित ८८ बुँदे लिसवन घोषणापत्र जारी गरेको थियो । सन् १९९९ को डिसेम्वर १७ मा बसेको राष्ट्रसंघको ५४औं महासभाले उक्त प्रस्ताव अनुमोदन गरेपछि सन् २००० बाट हरेक वर्षको अगष्ट १२ को दिनलाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउन थालियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*