मकवानपुर मनहरीको भैसीगोठमा बाघ मृत भेटियो

निरन्तर न्यूज
६ भाद्र २०८१, बिहीबार १४:२६

हेटौंडा । मकवानपुर जिल्लाको पश्चिमी क्षेत्र मनहरी गाउँपालिका वडा नम्बर ६ प्रतापपुरमा बाघ मृत फेला परेकोछ । स्थानिय बल बहादुर राईको भैंसी गोठमा बाघ मृत फेला परेको हो ।

राती करिब २ बजेको समयमा बाघ गाउँ छिरेको र राईको गोठमा प्रबेश गरि भैंसीलाई आक्रमण गरेको र बाघको आक्रमणमा परि भैंसी घाईते बनाएकोछ ।

बाघ बूढो भएको र भैंसीको आक्रमणबाट मरेको हुनसक्ने स्थानियको आकलन रहेकोछ ।

गाउँमा बाघ छिरेपछी मध्यवर्ती उपभोक्ता समुह मनहरीका सचिव कमल राईले प्रशासनलाई राती नै खबर गरेका थिए ।

मृत बाघलाई पर्सा राष्ट्रिय निकुन्जले थप अनुसन्धानको लागि बारा जिल्ला स्थित आदाभार कार्यालय लगिएकोछ ।

मनहरीको वडा नम्बर ५,६,७,८ र ९ जङ्गली जनावरबाट प्रभावित क्षेत्रहरु हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*