बागमती प्रदेश लिगमा काठमाडौंको विजयी सुरुवात

निरन्तर न्यूज
१० पुष २०८१, बुधबार १९:४७

हेटाैँडा । बागमती प्रदेश लिग फुटबल प्रतियोगिता–२०८१ मा काठमाडौंको लिग च्याम्पियन पशुपति शिवाजी चित्लाङ एफसीले विजयी सुरुवात गरेको छ ।

बुधबारबाट हेटौंडा–५ स्थित पिप्लेक्याम्प रंगशाला सुरु भएको प्रदेश लिगमा काठमाडौंले माउण्ड एभरेष्ट क्लब काभ्रेलाई ३–० गोलअन्तरले पराजित गरेको हो । विजयी टोलीका लागि तीनै गोल अंकित रासकोटीले गरेका थिए । जीतसँगै काठमाडौंका खातामा तीन अंक भएको छ । रासकोटी खेलको म्यान अफ दी म्याच घोषित भए ।

लिगकम नकाउट आधारमा सञ्चालन भइरहेको प्रतियोगिता विहीबार नुवाकोट र दोलखा तथा भक्तपुर र सिन्धुली जिल्लाको लिग च्याम्पियनबीच खेल हुनेछ । प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले गरेकी थिइन् । प्रतियोगिताको फाइनलिस्ट दुईवटा टिमले एन्फाले आयोजना गर्ने राष्ट्रिय फुटबल लिगमा सहभागिता जनाउने छ ।

प्रतियोगितामा बिजेता तथा उपविजेताले नगद २ लाख र एक लाख शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा ३१ लाख खर्च हुने अनुमान गरेकाे एन्फा बागमती प्रदेशका महासचिव लवराज ठकुरीले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*