दुर्घटना न्यूनीकरण अभियान सञ्चालनमा मकवानपुर ट्राफिक
हेटाैँडा । सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले विभिन्न अभियान सञ्चालन गरिरहेको छ ।
सोही अभियानअन्तर्गत् शुक्रबार हेटौंडा–११ स्थित थानाभर्याङमा सवारी चालकले लागूऔषध सेवनको परीक्षण गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय र सीएमसी अस्पताल चुरेहिलको सहयोगमा ट्राफिक प्रहरी कार्यालय अगाडि सवारी चालकहरुको स्वास्थ्य परीक्षण गरिएको हो । ट्राफिक प्रहरीले मकवानपुरका ११७ जनाको सवारी चालकको स्वास्थ्य परीक्षण गरिएको थियो । जसमध्ये तीनजनाले लागूऔषध सेवन गरिएको पुष्टि भएको थियो ।
केही चालकमा उच्च रक्तचाप देखिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।