संविधान सभा संग्रहालय बनाउन सरकारलाई ध्यानाकर्षण

निरन्तर न्यूज
१८ जेष्ठ २०७६, शनिबार १६:५२

काठमाण्डौँ ।  संविधान सभा सदस्य परिषद् नेपालले संविधान सभा संग्रहालय निर्माणको लागि सरकारको ध्यानाकर्षणा गराएको छ ।

परिषद्का संयोजक अनन्त पौडेलद्वारा शनिवार जारी विज्ञप्तीमा ‘संविधान निर्माणको ऐतिहासिक चरणहरुको सम्पूर्ण दस्तावेज अडियो तथा भिडियो रेकर्डहरुको संरक्षण एवम् नेपालको संविधान निर्माण प्रक्रियाको झलक प्रस्तुत गर्न आधुनिक सूचना प्रविधियुक्त अध्ययन कक्ष सहितको संविधानसभा संग्रहालय निर्माणको लागि संघीय संसद तथा नेपाल सरकारको ध्यानाकर्षण गराउँछौँ ‘ उल्लेख गरिएको छ ।

संयोजक पौडेलद्वारा जारी विज्ञप्तीमा भावी पुस्तालाई संविधान र मुलभूत कानूनका आधारभूत ज्ञान दिलाउन कक्षा ९ देखि कक्षा १२ सम्मको पाठ्यक्रममा नेपालको संविधान र मुलभूत कानूनका विषयहरु समावेश गर्न सरकारलाई अनुरोध गरेको छ ।

परिषद्ले संविधान निर्माणको कार्यभार सफलतापूर्वक सम्पन्न गरेकोमा संविधान निर्माण पदकबाट संविधान सभाका सदस्यहरुलाई सम्मान गरेकोमा सरकारलाई धन्यवाद दिएको छ ।

परिषद्का मागहरु सम्वोधन गर्न र आवश्यक परामर्श दिइ परिषद्लाई अगाडि बढ्न प्रेरणा दिने प्रधानमन्त्री केपी ओली र सविधान सभाका पूर्व अध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति आभार व्यक्त गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*